You are viewing the translated version of निर्वाचन कार्यक्रम र निर्वाचन समिति तोक्ने (१) उपाध्यक्ष र ऐनको दफा ५ को उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्य पदमा निर्वाचन गर्नको लागि परिषद्ले निर्वाचन मिति र कार्यक्रम तोक्नेछ।

(२) उपनियम (१) बमोजिम तोकेको मितिमा निर्वाचन सम्पन्न गराउन परिषद्ले नेपाल न्याय सेवाको अधिकृतस्तरको पदबाट अवकास प्राप्त व्यक्ति वा वरिष्ठ अधिवक्ता वा अधिवक्ताको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गर्नेछ।

(३) उपनियम (२) बमोजिमको निर्वाचन समितिले प्रदेशमा निर्वाचन सम्पन्न गराउन नेपाल सरकारको अधिकृत स्तरको पदबाट अवकाश प्राप्त व्यक्ति वा अधिवक्ताको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन उपसमिति गठन गर्न सक्नेछ।

(४) उपनियम (३) बमोजिमको निर्वाचन उपसमितिको कार्यावधि निर्वाचन उपसमिति गठन गर्दाको अवस्थामा तोक्नु पर्नेछ।

(५) उपनियम.

Rule 3
निर्वाचन कार्यक्रम र निर्वाचन समिति तोक्ने (१) उपाध्यक्ष र ऐनको दफा ५ को उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्य पदमा निर्वाचन गर्नको लागि परिषद्ले निर्वाचन मिति र कार्यक्रम तोक्नेछ।

(२) उपनियम (१) बमोजिम तोकेको मितिमा निर्वाचन सम्पन्न गराउन परिषद्ले नेपाल न्याय सेवाको अधिकृतस्तरको पदबाट अवकास प्राप्त व्यक्ति वा वरिष्ठ अधिवक्ता वा अधिवक्ताको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गर्नेछ।

(३) उपनियम (२) बमोजिमको निर्वाचन समितिले प्रदेशमा निर्वाचन सम्पन्न गराउन नेपाल सरकारको अधिकृत स्तरको पदबाट अवकाश प्राप्त व्यक्ति वा अधिवक्ताको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन उपसमिति गठन गर्न सक्नेछ।

(४) उपनियम (३) बमोजिमको निर्वाचन उपसमितिको कार्यावधि निर्वाचन उपसमिति गठन गर्दाको अवस्थामा तोक्नु पर्नेछ।

(५) उपनियम
(३) बमोजिमको निर्वाचन उपसमितिले गराएको निर्वाचन उपनियम (२) बमोजिमको निर्वाचन समितिले गरेको मानिनेछ।

(६) उपनियम (२) बमोजिमको निर्वाचन समितिले परिषद्ले तोकेको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्नुपर्नेछ।

(७) उपनियम (६) बमोजिमको सूचनामा निर्वाचनको लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्र र उजुरी उपर जाँच गर्ने, मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र गासलाछ पारी एल जागा ए एमा ल्याउ पाउ ठस गर्राटर ।

(८) निर्वाचन समितिको अन्य काम, कर्तव्य रअधिकार देहाय बमोजिम हुनेछ:-

(क) निर्वाचनको लागि आवश्यक: पर्ने फाराम तयार गर्ने र प्रयोगमा ल्याउने,

(ख) मतदाता नामावली सङ्कलन तथा प्रकाशन गर्ने,

(ग) मतदाता नामावलीमा दावी विरोधको सूचना प्रकाशन गर्ने र सोको सुनुवाइ गर्ने,

(घ) अन्तिम मतदाता नामावली प्रकाशन गर्ने,

(ङ) उम्मेदवारी दर्ता गर्ने,

(च) मतदान केन्द्र तोक्ने,

(छ) उम्मेदवारी दिने व्यक्तिको योग्यता पुगे नपुगेको रुजु र जाँचबुझ गर्ने,

(ज) उम्मेदवार विरूद्धको दावी विरोधमा निर्णय गर्ने,

(झ) उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने,

(न) मतदान गराउने,

(ट) मतगणना गर्ने र निर्वाचन परिणाम घोषणा गर्ने,

(ठ) निर्वाचित उपाध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्ने,

(ड) निर्वाचन सम्बन्धी आवश्यक अन्य कार्य गर्ने।

(९) निर्वाचन समितिले निर्वाचन सम्पन्न गर्नको लागि परिषद्का कर्मचारीको सहयोग लिनेछ।

(१०) उपनियम (९) मा जुनसुकै कुरा लेखिएको भए तापनि निर्वाचन सम्पन्न गर्नका लागि परिषद्का कर्मचारी अपुग भएमा निर्वाचन समितिले निर्वाचन अवधिसम्मका लागि आवश्यक जनशक्तिको व्यवस्था गर्न सक्नेछ।

(११) निर्वाचन समितिले निर्वाचन सम्पन्न भए पश्चात्‌ निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कागजातहरू परिषद्को जिम्मा लगाउनु पर्नेछ।

(१२) यस नियम बमोजिम: गरिने निर्वाचन सम्बन्धी अन्य व्यवस्था परिषद्ले निर्धारण गरे बमोजिम हुनेछ।